२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लसएन्जल्समा ‘भन पहिले एकान्तमा किन भट्न आयौ’

लसएन्जल्समा ‘भन पहिले एकान्तमा किन भट्न आयौ’

न्यूयोर्क । विगत लामों समयदेखि नेपाली कला,संगीतमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका युवाहरुको समूहले क्यालिफोर्नियाको लसएन्जल्समा ‘भन पहिले एकान्तमा किन भेट्न आयौ ‘ भन्ने बोलको गीतको म्यूज़िक भिडियो निर्माण गरेका छन् । उक्त म्यूज़िक भिडीयोको सुटिङ रिपोर्ट प्रस्तुत गरिएको छ ।

जसमा लसएन्जल्सलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ । नेपाली चलचित्र क्षेत्रमा क़रीब १ दशक बिताईसकेका र हाल एल।ए। फ़िल्मी स्कुलमा अध्यनरत विदुर पाठकको स्क्रीन प्ले रहेको छ ।

त्यस्तै ‘चिठ्ठी तिमीलाई लेखन भन्छु’ शम्भु राइको बहुचर्चित गीतबाट आफ्नो अभिनय सुरु गरेका यम चापागाईं, विभिन्न म्यूज़िक भिडियोमा अभिनय गरिसकेकी रोजिना कोइराला, गीतसंगीतलाई अति नै माया गर्ने कलाप्रेमी अमित लुईँटेललाई पनि कलाकारको रुपमा देख्न सकिने छ

यस म्यूज़िक भिडियोका छायाँकार लसएन्जल्सबासी एस राज जो करिब दुई दशकदेखि विभिन्न टेलिभिजनका बिभिन्न टेलि श्रृंखलाहरुमा सक्रिय भुमिका निर्वाह गरिसकेका लोकप्रिय कलाकार हुन् उनै एस राजको यो भिडियोमा निर्देशन,छायांकन र गीतको शब्द रचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij