
काठमाडौँ । दशैँ मनाउन घर जानेहरुको भिडका कारण उपत्यकाको कोटेश्वर, लोकन्थली, कलंकी, नयाँ बसपार्क, माछापोखरी हुँदै चल्ने सवारी साधन बिहानैदेखि चापमा चलिरहेका छन्।
उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनको संख्या बढेका कारण यी स्थानहरुमा चापको अवस्था सृजना भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
कोटेश्वर चोकमा सवारी चापको प्रभाव गैरीगाँउ, तीनकुने, मुनिभैरव, बालकुमारी, जडिबुटी क्षेत्रमा पनि परेको छ। तीनथानामा सवारी साधन बिग्रिएका कारण तिनथाना नैकाप हुँदै कलंकी आउने सवारी साधन पनि बिहान आठ बजे नै चापमा चलिरहेका छन्।
उता स्वयम्भू र बल्खुबाट कलंकी आउने सवारी साधन पनि चापमा चलिहरको छन्। यता खुलामंच र पुरानो बसपार्क हुँदै चल्ने सवारी साधन भने क्युमा चलिरहेका छन्। वीर अस्पताल अगाडिको बाटो हुँदै खुलामञ्च प्रवेश गर्ने र बाहिरीने सवारी साधनको संख्या बढेका कारण क्युको अवस्था भएको हो।
यता बालाजु स्थित माछापोखरी क्षेत्रमा पनि नुवाकोट तथा रसुवा तर्फ जाने सवारी साधनको संख्या बढेका कारण चाप को अवस्था रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij