२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कहाँ कहाँ तोकिँदैछ प्रदेशको राजधानी ?

कहाँ कहाँ तोकिँदैछ प्रदेशको राजधानी ?

काठमाडौँ । सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने तयारी थालेको छ। सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको राजधानी तोक्ने अन्तिम तयारी थालेको हो।

प्रदेश प्रमुखको सेवा सुविधा सम्वन्धी विधेयक सोमबार नै दर्ता भइसकेको छ। नियुक्ति पनि अन्तिम तयारीमा छ।

संविधानविद् काशीराज दाहाल संयोजक रहेको समितिले प्रदेशका सम्भावित राजधानी सिफारिस गरेको छ। सदस्यमा आरजु राणा, राजेन्द्र पाण्डे, रेखा शर्मा लगायतका सांसद् सदस्य छन्।

समितिले प्रदेशको राजधानी तोक्न तय गरेका मापदण्ड यस्ता छन्
भौतिक पूर्वाधार
यातायातको सुगमता
प्रशासकीय सुगमता
भौगोलिक केन्द्र
ऐतिहासिक महत्व
सुरक्षाको व्यवस्था

समितिले सिफारिस गरेका सम्भावित राजधानी
प्रदेश १
विराटनगर, इटहरी र धनकुटा
प्रदेश २
जनकपुर (एकमात्र)
प्रदेश ३
बनेपा, धुलिखेल, काठमाडौँ उपत्यका र हेटौडा
प्रदेश ४
पोखरा (एकमात्र)
प्रदेश ५
तुल्सीपुर, दाङ र बुटवल
प्रदेश ६
सुर्खेत एकमात्र
प्रदेश ७
धनगढी, दिपायल

यी सिफारिसका आधारमा मन्त्रिपरिषदले चाँडै नै प्रदेशको राजधानी तोक्नेछ। राजधानीसँगै गभर्नर (प्रदेश प्रमुख) पनि नियुक्त गर्ने तयारी छ। प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिबाट हुनेछ। प्रदेश प्रमुखको अधिकार संविधानले व्यवस्था गरे बमोजिम हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij