
काठमाडौं । अमेरिकासँग सीमा जोडिएको मेक्सिको देशको राजधानी मेक्सिको सिटीमा मंगलबार आएको शक्तिशाली भूकम्पका कारण एउटा प्राथमिक विद्यालयको भवन भत्किँदा २१ बालबालिकाको मृत्यु भएको छ ।
मेक्सिको सिटीको दक्षिणमा पर्ने कोआपा जिल्लाको एनरिक रेब्समेन प्राइमरी स्कुल ढल्दा उक्त दुर्घटना भएको थियो । उक्त घटनामा ११ व्यक्तिहरूको उद्धार गरिएको छ भने तीन जना बेपत्ता छन्, जसमा दुई बालबालिकासमेत छन् ।
यो भूकम्पबाट मेक्सिकोका २०९ स्कुल प्रभावित भएका छन्, जसमध्ये १५ वटालाई अत्यधिक नोक्सान पुगेको छ ।
उक्त भूकम्पमा २२५ भन्दा धेरै व्यक्तिहरू मरेको र दर्जनौं भवनहरू भत्केको बीबीसीले जनाएको छ । अहिले पनि उद्धारकर्ताहरूले ढलेका भवनको रासभित्र हराएका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
मेक्सिकोमा आएको भूकम्पको केन्द्र प्लेबला राज्यको एटेनकिनगो नजिकैको एकाउन्न किलोमिटर गहिराईमा थियो । यो ठाउँ मेक्सिकोको राजधानीबाट १२० किलोमिटर टाढा पर्छ । भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij