२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मोरङको कानेपोखरी हर्कपुरमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

मोरङको कानेपोखरी हर्कपुरमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका ३ हर्कपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ। स्थानीय चन्द्रबहादुर राईको काठको किराना पसल भएको दुई तले घरमा बिहीबार बिहान आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राई छन्।
विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तीन वटा दमकलको सहायताले विहान ७ बजे आगो नियन्त्रणमा लिइएको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij