२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमाले हरिनारायण चौधरीले दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएका हुन्।

चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतअन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्। १० वटा गाउँपालिकामध्ये यो पहिलो नतिजा हो। पर्साको मध्यउत्तरी क्षेत्रमा पर्ने पटेर्वा सुगौली गाउँपालिका थारुहरुको बाहुल्य क्षेत्र हो । पटेर्वा सुगौली कांग्रेस सांसद सुरेन्द्र चौधरी र एमाले सांसद नागेन्द्र चौधरीको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij