२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी

वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी


वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगर वीरगंजको पहिलो परिणाम बुधबार राति आएको छ। वडा नम्बर ३० मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको हो। एमालेका अमानत अन्सारी अध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छ।

यसअघि निर्वाचन अधिकृतले घोषणा गर्नुअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अलि हुसैन देवान ४५० मत ल्याई विजयी भएको भनिएको थियो। घोषणा हुनुअघि दलहरुबीच विवाद भएको थियो।

अन्ततः एमालेका अन्सारी ४६६ मतका साथ विजयी घोषित भए भने नेपाली कांग्रेसका अलि हुसेन देवानको मत ४५५ रहेको घोषणा भएको छ।

फोरम नेपालका वडा अध्यक्षका अर्का प्रत्याशी ब्रहमदेव यादव ३२५ मत ल्याइ तेस्रो स्थानमा रहेका छन्।

महिला सदस्यमा जमिला खातुन ४७० मतले विजयी भएकी छन् भने दलित महिला सदस्यमा विदावती देवी ४७८ मतले विजयी भएकी हुन्।
पुरुष सदस्यमा रामबाबु प्रसाद ४७७ मत र समशुल्लाह अन्सारी ४५८ मतले विजयी भएका छन्। सबै एमालेका उम्मेदवार हुन्।

यो वडामा कूल मतदाता २ हजार ३२ रहेकोमा १ हजार ७२४ मत खसेको थियो। वडा नम्बर ३० लालपर्सामा पर्छ। महानगर बनाउँदा यसलाई वीरगंजमा गाभिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij