दीपक घिमिरे काठमाण्डौ । गायिका एवम् सञ्चारकर्मी योजना पुरी पछिल्लो समय निकै चर्चामा छिन् ।
यसका साथै योजनाको चिनारी दिनुपर्दा मोडल भन्दा पनि फरक नपर्ला, किनकि उनले गायकी प्राय: गीतमा आफैले मोडलिङ पनि गरेकी छिन् ।
नेपाली सांगीतिक आकाशमा एक पछी अर्को गीति एल्बम आमजनमानस, पाठक स्रोता सामु योजनाले पस्कदै आएकी छिन् ।
हालै योजना पुरीले लोक पप शैलीको नँया गीत बजारमा ल्याएकि छिन् । उनले “भगायो ड्राईभरले ” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
गीतमा नेता, डाक्टर, ड्राईभर, खाडीमा काम गर्ने आदी समसामयिक बिषयलाई उठान गरेको पाईएको छ ।
भिडियोमा एक सुन्दरी डाक्टरसँग भाग्ने योजना बनाएकी कथालाई प्रस्फुटन गरेको पाइन्छ । तर ती सपना पुरा हुन नपाउदै सुन्दरीलाई ड्राइभरले भगाउन सफल भएको भिडियोमा देखाईएको छ ।
भिडियोमा अभिनयमा सुन्दरी मोडल रोजी कुवरलाई सुमन सागरले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।
सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका हुन् । भने सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियो रिलिज भए लगत्तै बजारमा राम्रो चर्चा सुरु भएको छ ।
योजनाको यस अघी ‘म त बस्नै नसक्ने’, ‘भुडेवाला केटा नो नो नो’, ‘रुन्चे गित गाउँदिन’ लगाएत अन्य थुप्रै गीतले बजारमा चर्चा पाई सकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij