
काठमाडौं । अमेरिकाले उत्तर कोरियाली प्रायद्धिपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएको छ । यसलाई अमेरिकाको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । दक्षिण कोरियाका सैनिकसँगै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
अमेरिकाका ४ वटा युद्धक विमान र २ वटा बम वर्षक विमान उडाएर उत्तर कोरियालाई तर्साउन लागेको बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले रणनीतिक बमवर्षक विमान प्रयोग गरेको उल्लेख गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij