२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सरसफाई अभियान

प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सरसफाई अभियान

सिन्धुपालचोक । पछिल्लो समय सरसफाई अभियानमा सचेतना बढेको छ । त्यो राजधानीमा होस् कि जिल्ला सदरमुकाममा साना ठुला सरसफाई अभियान चलाइने गरेको छ ।

यस्ता अभियानमा स्थानीय प्रशासकहरुसमेत संलग्न हुने गरेपछि सरसफाई अभियानले झनै विस्तार हुने अवसर पाएको छ।

यसैक्रममा सिन्धुपाल्चोक सदरमुकाम चौतारमा पनि सरसफाई अभियान चलाइएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी असमान तामाङको नेतृत्वमा बजारमा सफाई अभियान चलाइएको हो । सो अभियानमा कारिटास नेपालका (Program Coordinator) (Livelihood and DRR) आन्नद प्याकुरेल, नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी बलका जिल्लास्थित प्रमुखका साथै रेडक्रस, स्काउट, जनहित ग्रामीण सेवा समिति तथा अन्य संस्थाहरुको सहभागितामा सफाई अभियान चलाइएको हो ।

सफाई अभियानमा स्थानीय जनप्रतिनिधिहरुले पनि सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा मेयर अमन सिंह तामाङले जिल्लास्थित कार्यालय प्रमुखहरुसहितको यस्ता अभियानले जिल्लाको सफाई अभियानमा महत्वपूर्ण योगदान पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij