२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त


काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले अनियमितता गरको र विभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि खड्कालाई पदच्युत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

झापा, चितवन, रुपन्देही लगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालय अन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्नुभएको थियो ।

निजी अस्पतालमा उपचारका क्रममा बिरामीको ज्यान जाने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij