२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

माधव नेपाललाई मत बदर होला भन्ने डर भएपछि !

माधव नेपाललाई मत बदर होला भन्ने डर भएपछि !

रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका –२, रामजानकी कन्या प्राविबाट मतदान गर्नुभएको छ ।

एमाले वरिष्ठ नेता नेपाल बिहानै मतदान केन्द्र पुग्नुभएको थियो । त्यो केन्द्रबाट सबैभन्दा पहिले मतदान गरेका नेता नेपालले सामान्यभन्दा फरक ढंगले मतपत्र पट्याउनुभयो ।

सामान्यतया स्वस्तिक छाप लगाएपछि मतपत्रका चिन्ह नदेखिनेगरी भित्रपट्टि पारेर पट्याउने र बाकसमा खसाउने गरिन्छ । तर नेता नेपालले भने चिन्ह बाहिर देखिनेगरी मतपत्र पट्याएर बाकसमा खसाउनुभयो ।

स्वस्तिक छाप लतपतिएर मत बदर होला भन्ने डरले उहाँले सावधानीपूर्वक मतपत्र पट्याउनुभएको उहाँ निकट एक कार्यकर्ताले जानकारी दिए । मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले प्रदेश नं. २ मा पनि एमाले नै पहिलो हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij