
काठमाडौं । गएराति परेको पानीका कारण २ नम्बर प्रदेशमा मतदान गर्न सहज भएको छ ।
धेरै गर्मी हुने २ नम्बर प्रदेशका आठ जिल्लामा गएराति परेको पानीले शीतल भएको र लाइनमा बस्न सहज भएको छ । रातभर जस्तो परेको पानी बिहान उज्यालो भएसँगै रोकिएको थियो । पानी जमेका कारण केही मतदान केन्द्रमा ढिलो गरी मतदान भए पनि वर्षाले शीतलताको अनुभुति दिएको छ ।
तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेम्म मतदान भइरहेको छ । आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेद्वार चुनावी मैदानमा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ र पुरुष २२ हजार ८ सय ६१ जना रहेका छन् । चुनावमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij