२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फिफा वरियतामा नेपाल ६ स्थान झर्‍यो, भुटानभन्दा पछाडि

फिफा वरियतामा नेपाल ६ स्थान झर्‍यो, भुटानभन्दा पछाडि


काठमाडौं । फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ। नेपाल विश्व वरियतामा १७५ नम्बरमा छ। नेपालको स्थान भुटानभन्दा एक स्थान पछाडि छ।

दक्षिण एसियाली देशहरु बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा नेपाल माथि छ। बंगलादेश १९६, श्रीलंका १९८ र पाकिस्तान २०० औँ स्थानमा छ।

भारत १० स्थान तल झरेर १०७ औँ स्थानमा छ भने माल्दिभ्स १५४ र अफगानिस्तान १५८ औँ स्थानमा छ।

विश्व वरियताको शीर्ष स्थानमा जर्मनी छ। दोस्रो स्थान ब्राजिल र तेस्रोमा पोर्चुगल छ। चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij