दिपक घिमिरे, काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका सबै कार्यकर्ता सक्रियतापूर्वक सहभागी हुने वातावरण बनाउने र गत स्थानीय निर्वाचनमा पार्टीलाई असहयोग गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने वहसले नुवाकोट काङ्ग्रेस भित्र महत्वपूर्ण स्थान पाएको छ । यसै सन्दर्भमा सोमवार नुवाकोटका विभिन्न स्थानीय तहमा पार्टीका उमेदवारहरु विरुद्ध क्रियाशिल भएकाहरुलाई अविलम्व कारवाहीको माग गर्दे केन्द्रीय कार्यालयमा उजुरी पेश गरिएको छ ।
सोमवार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रममा बीच नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान सभापति एवं विदुर नगरपालिका मेयर पदका प्रत्याशि धुर्व अधिकारीले विभिन्न व्यक्तिहरुलाई कारवाहीको माग गरिएको उजुरी काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाए ।
मुख्य सचिव पौडेलले स्थानीय तहमा भएका वदमासीहरुको छानबिनकाे लागि गठित समितिले काम थालिसकेको बताउँदै पार्टी हित विपरित लाग्नेहरुलाई उन्मुक्ति दिन नहुने पक्षमा केन्द्रीय समितिमा एकमत रहेको स्पष्ट पारे ।
त्यस क्रममा नुवाकोट काँग्रेसका निवर्तमान सभापति अधिकारीले आसन्न निर्वाचनहरुमा पार्टीको विजयका लागि पनि अन्तरघातीहरुलाई कारवाही आवश्यक रहेको बताए । पार्टीमा गतल गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए आम कार्यकर्तामा नैराश्यता बढ्ने तर्फ सङ्केत गर्दै नेतृत्वको समयमै ध्यान जानुपर्ने वताए । नेता अधिकारीले सबैलाई अनुसाशनको दायरामा नल्याईए त्यसवाट आउने परिणाम पार्टीको पक्षमा नहुने खतरा वढेको समेत बताए ।
कार्यक्रममा नुवाकोट काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र चोकराज शाक्य, काँग्रेस जिल्ला सदस्य एवं प्रवक्ता राजु थापा, पूर्व जिल्ला सचिव लक्ष्मण श्रेष्ठ, जिल्ला सदस्य सुनमाया तमाङ, वेलकोटगढी नगरपालिकाका प्रमुख पदका प्रत्याशी यादव नेपाल, ककनी गाउँपालिकाका प्रमुख पदका प्रत्याशी दिपेश लामा,क्षेत्र नं. ३ का पूर्व क्षेत्रीय सभापति राजकुमार भट्टराई, विदुर ५ का वडाध्यक्ष प्रत्याशी राजेन्द्र अर्याल, नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, नेवि संघ केन्द्रीय सदस्य जयराम दाहाल लगायतले अन्तरघातीहरुलाई तत्काल कारवाही गरी पार्टीमा व्यापक शुद्धिकरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ नुवाकोट काठमाडौं सम्पर्क समितिका अध्यक्ष उद्धब नेपाल र नेपाल बिद्यार्थी संघका बिद्यार्थी नेता दिपक घिमिरेको समेत सहभागिता रहेको थियो l
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij