
काठमाडौं । १९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २ सय रन पूरा गरेको छ ।
मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३९ औं ओभरमा ४ विकेटको क्षतिमा २ सय रन पूरा गरेको हो । क्रिजमा प्रनित थापामगर र रोहितकुमार पौडेल छन् । नेपालका लागि अनिल कुमार साहले ९१ रन बनाए ।
त्यस्तै, ओपनर सन्दिप सुनार ३२, कप्तान दिपेन्द्रसिंह ऐरी २२ तथा आशिफ शेख २२ रनमा आउट भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij