२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ट्रम्पको ट्वीट उत्तर कोरियाविरुद्ध चेतावनी : दक्षिण कोरिया

ट्रम्पको ट्वीट उत्तर कोरियाविरुद्ध चेतावनी : दक्षिण कोरिया

सोल । उत्तर कोरियाद्वारा अमेरिकी भू–भागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको भनी दिएको उत्तर कोरियाली राष्ट्रपति किम जङ उनको प्रतिक्रियाप्रति अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनी प्रतिक्रिया दिएको सोलले जनाएको छ ।

दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रस्ट चेतावनी रहेको जनाएको छ ।

दक्षिण कोरियाले मंगलबार ‘अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भन्ने प्रस्ट चेतावनी दिएको’ बताएको छ ।

‘अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको सन्देश उत्तर कोरियाको विषयमा महत्वपूर्ण मानिएको छ, किनकी यसपहिले उत्तर कोरियाको आणविक हतियार विषयमा उहाँले केही जनाउनुभएको थिएन’–दक्षिण कोरियाली विदेश मन्त्रालयका प्रवक्ता चो जुन ह्युकले बताए ।

‘यो प्योङयाङविरुद्धको प्रस्ट चेतावनी हो’–चोले थपे ।

अमेरिकी वर्तमान ओबामा प्रशासनले उत्तर कोरियालाई आणविक हतियारसहितको राष्ट्रकारुपमा कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएपनि ट्रम्पले भने उत्तर कोरिया सम्बन्धमा आफ्नो नीति कस्तो रहनेछ भनी यसअघि केही नजनाएको चोको भनाइ थियो ।
-एएफपी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij