काठमाडौं । ललितपुर वार एशोसियसनमा दिपक कुमार विष्ट नेतृत्वको गणतान्त्रिक प्यानल विजयी भएको छ । माओवादी केन्द्रका विष्टले एमाले, कांग्रेस र संघीय समाजवादीको संयुक्त प्यानलकी सरीता श्रेष्ठलाईर् १४२ मत अन्तरले हराए ।
५६९ भोट खसेकोमा विष्टले ३५३ र प्रजातान्त्रिक प्यानलकी श्रेष्ठले २११ मत पाइन् । गणतान्त्रिक प्यानलबाटै उपाध्यक्षमा दयाभक्त डंगोल, सचिवमा ज्ञानेन्द्र नेपाल, कोषाध्यक्षमा रुपबहादुर सारु निर्वाचित भएका छन् । यसैगरी महिला दुई सदस्यमा सरीता गौतम र नानीछोरी महर्जन विजयी बनेका छन् ।
अन्य सदस्यहरुमा संगम महर्जन, डुण्डीराज देवकोटा, भविश्वर पौडेल, छोनम मोक्तान, आभाषबहादुर प्रधान, चन्द्रप्रसाद गुरागाईं, चिरञ्जीवी ढकाल र कान्तिराम ढुंगाना विजयी भएका छन् ।
विष्ट प्यानलका चिरञ्जीवी ढकाल र कान्तिराम ढुंगाना विप्लव निकट नेकपाका हुन् भने अरु सबै माओवादी केन्द्र सम्वद्ध हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij