काठमाडाैं । गुणस्तरीय शिक्षामा प्रतिवद्द ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)ले नेपालमा निरन्तर रूपमा उत्कृष्ट शिक्षा प्रदान गर्दै अाएकाे छ । यसै क्रममा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)ले विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानकाे मान्यता पाएकाे छ ।
शिक्षा क्षेत्रमा प्रतिवद्द विशुद्द प्राज्ञिक व्यक्तिहरूकाे समूहबाट सञ्चालित यस कलेजले नेपालमा स्वीस स्ट्याण्डर्ड बमाेजिमकाे शिक्षा प्रदान गर्दै अाएकाे छ । राेजगारमूलक भाेकेशनल शैक्षिक कार्यक्रममा विशेष जाेड दिँदै अाएकाे उक्त गेट कलेज र इन्टरकन्टिनेन्टल होटल्स ग्रुप बीच अापसी सहकार्य सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गर्नुभयो ।साथै कार्यक्रममा आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको समेत विशेष उपस्थिति रहेकाे थियाे ।
समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहनेछ ।
विश्वकै अग्रणी होटल कम्पनीहरू मध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब एक सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाहरूबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवाप्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ भने यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारीहरू कार्यरत छन् ।
आईएचजीको ब्रान्डभित्र इन्टरकन्टिनेन्टल होटल्स् एन्ड रिजोर्टस्, किम्पटन होटल्स् एन्ड रेन्टुरेन्ट्स्, एभेन होटल्स्, हायलक्स होटल्स् एन्ड रिजोर्टस्, क्राउन प्लाजा होटल्स एन्ड रिजोर्टस्, होडिले इन, होलिडे इन भ्याकेसन्स्, होलिडे इन् एक्सप्रेस, होलिडे इन रिजोर्टस्, स्टेब्रिज सुइट्स् एन्ड क्यान्डलउड सुइट्स् रहेका छन् ।

आईएचजी एकेडेमीका माध्यमबाट आईएचजी समूहअन्तर्गतका होटलहरू र कर्पोरेट कार्यालयहरूले आतिथ्य सत्कार सीप सिर्जना एवं उनीहरूको रोजगारीको स्तरमा सुधार एवं सहयोग गर्नका लागि शैक्षिक सेवा प्रदायक र सामुदायिक समूहहरूसँग सहकार्य गर्दै आएका छन् ।
ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) नेपालको आतिथ्य सत्कार र पर्यटन शिक्षाका लाग अग्रणी शैक्षिक प्रतिष्ठान हो र यसले विश्वव्यापी आतिथ्य सत्कार उद्योगको पेशागत करिअरका लागि युवाहरूलाई शिक्षित तथा प्रशिक्षित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस अघी सन् २०११ मा गेट कलेजले विश्व प्रसिद्ध हस्पिटालिटी अवार्ड समेत प्राप्त गरेकाे छ । स्मरण रहाेस्, गेट कलेज उक्त पुरषकार प्राप्त गर्ने एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो । जुन २०११ मा फ्रान्सको पेरिसमा आयोजना भएको विशेष कार्यक्रमबीच उक्त अवार्ड प्राप्त गरेको थियाे ।
साथै, गेट कलेज स्विजरल्यान्डको प्रसिद्ध स्विस होटल एसोसियसन होटलरी स्विससँग सम्बन्धन प्राप्त गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक प्रतिष्ठान हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij