२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चितवन बस दुर्घटना, ३ जनाकाे मृत्यु २४ घाइते

चितवन बस दुर्घटना, ३ जनाकाे मृत्यु २४ घाइते

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा दुई बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्किएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij