नेपाल ग्यास विक्रेता महासंघले ग्यास प्रयाेग सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।
तारकेश्वर नगरपालिकाको ४ नम्बर वडामा भएकाे उक्त कार्यक्रम नगरपालिकाकी उपप्रमुख भवानि डोटेलको प्रमुख अातिथ्यतामा भएकाे थियाे ।
४ नम्बर वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ, वडा सदस्य असिया विश्वकर्मा तथा वडा सदस्य विन्दु थापा लगायतका व्यक्तिहरूकाे अलावा अन्य व्यक्तिहरूकाे संलग्नतामा उक्त ग्यास प्रयोगमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे ।
तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुहेश्वरीमा अायाेजित उक्त जनचेतनामूलक कार्यक्रममा नगरपालिकाकी उपप्रमुख भवानी डाेटेलले ग्यास प्रयाेगकाे सम्बन्धमा सबैलार्इ सचेत बनाउन नसक्दा दुर्घटनाहरू बढेकाे भन्दै सबैलार्इ सचेत बनाउनु जरूरी रहेकाे बताउनुभयाे ।
उक्त जनचेतनामूलक कार्यक्रममा स्थानिय जनता, विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा लगायतका व्यक्तिहरूकाे अगुवार्इमा अायाेजना गरिएकाे थियाे ।
उक्त सचेतना कार्यक्रमकाे बारेमा अाैचित्यताकाे बारेमा सेताेघर डट कमले महासचिव थापासँग राखेकाे जिज्ञासामा ग्यास विक्रेता महासंघ ग्यास प्रयाेगकाे सम्बन्धमा हुन सक्ने दुर्घटनालार्इ कमी गर्ने कार्यमा निरन्तर रूपमा सक्रिय रहँदै अाएकाे बताउँदै यस कार्यमा सबैकाे सक्रिय संलग्नता अावश्यक रहेकाे बताउनुभयाे ।
कार्यक्रम पश्चात् महासंघका महासचिव चन्द्र थापाले चाडवाडकाे मुखमा ग्यासकाे अभाव नहुने भएकाे कारण ढुक्क सँग ग्यासकाे प्रयाेग गर्न समेत अाग्रह गर्नुभएकाे छ ।
चन्द्र थापा, महासचिव, ग्यास विक्रेता महासंघ
जाडाे याममा ग्यासकाे खपत बढी हुने गरेकाे र ग्यासकाे अभाव समेत हुने गरेकाे कुरालार्इ मध्यनजर गर्दै यस पटक ग्यासकाे अभाव हुन नदिनकाे निम्ति अहिले देखि नै तयारी गर्नकाे निम्ति राज्यलार्इ सजग समेत गराउनुभएकाे छ ।
बजारमा केही कम्पनीहरूकाे ग्यासकाे अभाव रहेकाे भन्ने कुरा सुनिन्छ त ? खास कुरा केहाे ? भन्ने सम्बन्धमा गरेकाे कुराकानीमा थापाले कुनै कम्पनीले विक्रेता र उपभाेक्तालार्इ समयमा ग्यास उपलब्ध गराउन सक्दैन भने त्यस कम्पनीले धराैटी भनिएका ग्यास सिलिण्डर बजारबाट तुरून्तै फिर्ता लिएर अन्य सिलिण्डर प्रयाेगकाे विकल्प खुल्ला गर्नुपर्ने कुरा महासंघले जाेडदार रूपमा उठाउँदै अाएकाे समेत बताएका छन् ।