२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते

सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् ।

गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन् ।स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा नगर स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरुसहितको आकस्मिक वैठक वसिरहेको छ । वैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij