
काठमाडौं । सरकार र यातायात व्यवसायीबिच कुरा नमिल्दा दसैँ लागि बिहीबारदेखि हुने भनिएको टिकट बुकिङ अन्यौलमा परेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बिहीबरदेखि टिकट बुकिङ खुल्ला गरिएको बताउनुभएको छ । तर यातायात व्यवसायीले भने अहिलेसम्म कोही पनि टिकट बुकिङ गर्न नआएको दाबी गरेका छन् ।
यसअघि विभाग र व्यवसायीबिच बिहीबारदेखि दसैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । तर भाडा समायोजन गर्नुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै व्यवसायीले टिकट बुकिङ गर्न आनाकानी गरेका छन् । उनीहरुले गएको असारबाट नै भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिँदै आएका थिए ।
दसैँका लागि काठमाडौं उपत्याकाबाट झण्डै ५० लाख यात्रु बाहिरिने गरेका छन् । आउँदो असोज ५ गते घटस्थापना परेको छ । विभाग र व्यवसायीबिच कुरा नमिल्दा दसैँको लागि घर जाने यात्रु अन्यौलमा परेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij