सर्लाही । स्थानीय तहको टिकट वितरणप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टीका सांसद जंगीलाल रायले पार्टी महामन्त्री पदबाट राजीनामा दिएका छन् ।
कबिलास नगरपालिकाका साथै विष्णु र ब्रह्मपुरी गाउँपालिकामा आफूले चाहेका व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएपछि महामन्त्री राय रुष्ट बनेका हुन् । महामन्त्रीबाट राजीनामा दिएपछि उनी जिल्लामा सक्रिय नै छन् । आफूले भनेअनुसार राजपाबाट टिकट पाएकालाई जिताउन लाग्ने भन्दै उनले भने, ‘जसलाई टिकट दिइएको छैन । उनीहरु जुन पार्टीबाट उठेपनि म सहयोग गर्छु ।’
कबिलासी नगरपालिकाका साथै विष्णु र ब्रह्मपुरी गाउँपालिकामा कमजोर उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij