
नयाँ दिल्ली । वरिष्ठ पत्रकार तथा दक्षिणपन्थीकी कडा आलोचक गौरी लंकेशको गोली हानी हत्या भएको छ । भारतको बैंग्लोरमा उनको गोली हानी हत्या भएको हो ।
५५ वर्षीय गोरी ‘लंकेश पत्रिका’ सञ्चालन गर्थिन् । पछिल्लो केहीवर्षदेखि उनीलाई दक्षिणपन्थी विचारधारावाला संगठनले निरन्तर धम्की दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
लंकेश पत्रिका उनका पिताले ४० वर्ष पहिले नै सुरु गरेका थिए । मंगलबार बेलुका घर पुग्नासाथ लंकेशलाई गोली हानिएको थियो । उनी घर पुगेर ढोका खोल्ने प्रयास गर्दा उनलाई टाउकोमा गोली हानिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij