२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उपाध्यायद्वारा महालक्ष्मी बिकास बैंक डुबाउने खेल सुरु

उपाध्यायद्वारा महालक्ष्मी बिकास बैंक डुबाउने खेल सुरु

काठमाडौ । महालक्ष्मी फाईनान्सबाट राष्ट्रियस्तरको बिकास बैंक बनेको महालक्ष्मी बिकास बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायकै कारण धरासायी बन्न सक्ने संकेत देखिएको छ । अध्यक्ष उपाध्यायले व्यवस्थापनमा प्रत्यक्षरुपमा हस्तक्षेप गरी प्रमुुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई काम गर्न नदिने गरेका छन् ।

तत्कालिन यति डेभलपमेन्ट बैंकको नामबाट यस संस्थाको सुशासन नै खलबलाएका पूर्व प्रमुख कार्यकारी अधिकृत भुषण राणा, संचालक भाष्कर ज्ञवाली र खुमा अर्यालको व्यक्तिगत स्वार्थका कारण यति फाईनान्ससँग मर्जरमा आएको मनकामना डेभलपमेन्ट बैंक ध्वस्त पार्न सक्रिय रहेका थिए । त्यस्तै कर्तुत पत्ता लागेपछि बैंकका ठुला लगानीकर्ताले गलहत्याएर निकाल्नु परेको थियो । सोको शिकार आफूले बैंकमा एकाधिकार जमाउने, आफूखुशी व्यवस्थापनलाई दैनिक काम कारबाहीमा दख्खल पुर्याउने नियत रहेका उपध्यायले पनि बैंक छोड्नुपर्ने निश्चित भएको छ ।

श्रोतको अनुसार अध्यक्ष उपाध्यायले दरवारमार्ग स्थित होटल अन्नपुर्णको जुुनेली बारमा बसेर बैंकको ऋणीहरुको फाईल मगाउने, कुुन कुुन व्यक्तिलाई ऋण दिने लगायतका कामहरु गर्न थालेका छन । बैकका केही लगानीकर्ता तथा सञ्चाकहरुलाई सोही बारमा बोलाउने कमिसनको सम्पुुर्ण सेटिङ मिलेपछि कर्जा स्वीकृत गर्ने समेतको काम अध्यक्ष उपाध्यायले गर्न थालेका छन् । सोही कारण पछिल्लो समय केही गलत व्यक्तिहरुले महालक्ष्मी विकास बैंकबाट कर्जा लिन सफल भएका छन् ।  अध्यक्षकै निर्देशनमा बदनियतपुर्ण रुपमा प्रवाह भएको ति कर्जा डुुब्ने खतरा बढेको छ, । अध्यक्ष उपाध्यायको महालक्ष्मी विकास बैंकमा जम्मा ५० हजार कित्ता सेयर लगानी रहेको छ । पछिल्लो समय थोरै सेयर थपेको पनि बुझिएको छ । तर अध्यक्षले विभिन्न कर्जा स्वीकृत गर्दा कमिसन लिएर आफ्नो सेयर लगानी भन्दा बढी रकम बैंकबाट उठाईसकेका छन् ।

अध्यक्षकै नाताले उनले चरमरुपमा बैकको श्रोत र साधनको दोहन गर्न थालेका छन् । जुनेली बारमा नै बसेर बैैकका कर्मचारीसंग बैंकको ऋणीहरुको फाईल मगाउने, यो गर त्यो गर भनेर निर्देशन दिने, कतिबेला आयौ, कतिबेला गयौ भनेर नियमितरुपमा फोन गरेर कर्मचारीहरुलाई थर्काउने तर्साउने गरेको थाहा भएको छ  । उनले बैंकबाट गलत रुपमा आर्जन गरेको रकम अप्रतक्ष रुपमा विभिन्न बैंक तथा फाईनान्स कम्पनीहरुमा लगानी गरेका छन् ।

राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया ) अनुसार एउटा बैंकमा अध्यक्ष रहेका व्यक्ति समानान्तर प्रकृतिका अरु बैंक तथा बित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने भएपनि उपाध्यायले आफू र परिवारका अन्य सदस्य समेतको नाउँमा ठुलो परिमाणमा सेयर लगानी गरेका छन् । साथै, उनले आफू बैंकर भएर रेमिट्यान्स कम्पनीको एजेन्ट चलाउँदै हुन्डीको समेत कारोबार गर्दै आईरहेको बुझिएको छ । अबको केहि महिनामा महालक्ष्मी बिकास बैंकको साधारण सभा आईरहेको छ । जसमा फेरि उनले आफू अध्यक्षकै दाबेदारी रहेको बताउँदै हिंडेका छन् । तर जो–जसको बढी लगानी छ, उनीहरुबाटै अध्यक्ष चयन हुने र उपाध्याय बैंकिङ क्यारियरबाटै बाहिरिने लगभग निश्चित छ । अहिले लगानीकर्ता तथा निक्षेपकर्ताहरुले पछिल्लो समय बल्ल–तल्ल ठुलो ऋणी सुधिर बस्नेतलाई ६ करोड रुपैयाँ लगानी गर्दा भुषण राणा र उपाध्यायको मिलेमतोमा कमिसनको चास्नीमा दिएको थियो ।

व्यवस्थापन सवल र सक्षम भएकाले तत्कालिन मनकामना डेभलप्मेन्ट बैंकको  सो लोन बल्ल–तल्ल सखारिएको थियो । यदि त्यो लोन नउठेको भए बैंकको नामै समेत नरहने लगभग निश्चित थियो । सोही घटना उपाध्यायले घटाउने निश्चित देखिएपछि उनको कार्यशैलीप्रति बोर्डका व्यक्तिहरू र प्रमोटरहरू सशंकित छन् ।

जनताले दुःख गरेर आफ्नो मेहेनतले कमाएको धन संचित गर्ने बैंकलाई व्यक्तिगत स्वार्थका लागि डुबाउने खेलमा लाग्नुले उपाध्यायलाई राष्ट्रबैंकले कस्तो वरियताको बैंकर बनाउने हो सबैको सोचनिय विषय बनेको छ । अर्को आश्चर्य लाग्दो कुरा राष्ट्रबैंकले पुंजी वृद्धिका लागि बैंक तथा वित्तिय संस्थालाई मर्जर अनिवार्य भनेको थियो । सोही अनुरुप मनकामना डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक मर्जर गराउन हन्डी समेत लिएको खुलेको छ ।

बैकले आर्थिक बर्ष २०७३-०७४ को चौथौ त्रैमासिक अवधिमा ७० करोड ९१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३६ करोड २९ लाख ६९ हजार रुपैयाँ रहेको थियो । बैक व्यवस्थापन पक्षको कुशल कार्यशैली कै कारण बैंकले अघिल्लो आवको तुलनामा दोव्बर भन्दा बढी खुुद मुनाफा आर्जन गरेको छ । प्रमुुख कार्यकारी अधिकृत भट्टराईको कुशल व्यवस्थापन कैं कारण बैंकले यो उचाई लिएको भएपनि अध्यक्ष उपाध्यायले पछिल्लो समय बैंकको यो उचाईलाई धुलोमा मिलाउने काम गरेकाछन । यही कारण पनि पछिल्लो समय बैंकको बित्तीय अवस्था खस्कन सक्ने संभावना बढेर गएको छ । व्यवस्थापको हरेक कार्र्यमा अध्यक्ष उपाध्यायले ठाडो हस्तक्षेप गर्दा बैकबाट गलत व्यक्तिहरुले फाईदा लिने कार्य बढेर गएको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ । अमृतबजार साप्ताहिकमा खबर प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij