२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन र विदा भईन एक आमा

एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन र विदा भईन एक आमा

मुगु – सोरु गाउँपालिका ६ की २२ बर्षीया जल रोकायाको अत्याधिक रत्तश्रावले बुधबार कालमै ज्यान गयो । तीन दिन अघि घरमै सुत्केरी ब्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुर स्थित प्रसुति केन्द्र लागिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसुति गराउन सकेनन् ।

जिल्ला अस्पताल ठिनि लैजान सल्लाह दिए । घरबाट जिल्ला अस्पताल पुग्न करिव दुईदिन लाग्थ्यो । त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए ।

उनले एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन । तर अत्याधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भयो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij