चलचित्र संरक्षण मञ्च, नेपालकाे दाेस्राे राष्ट्रिय भेला अाज काठमाडाैंमा सम्पन्न भएकाे छ । सम्मेलनले ३ बर्षकाे निम्ति नयाँ कार्यसमिति समेत चयन गरेकाे छ । 
नयाँ कार्यसमितिकाे अध्यक्षमा पनि राेजन रखाल नै हुनुहुन्छ । साथै वरिष्ठ उपाध्यक्षमा दीपक तामाङ, उपाध्यक्ष शिवराज घिमिरे, महासचिव विश्वदीप घिमिरे, उपमहासचिव केदार ढुंगाना, सचिव सैमाेदिन मिया पअाेरिया तथा काेषाध्यक्षमा जय कुमार दर्लामी निर्वाचित भएकाे रखालले सेताेघर डट कमलार्इ बताउनुभयाे ।
२१ सदस्यीय समिति मध्ये १६ जना अाज नै चयन गरिएकाे छ भने ५ जना अबकाे मिटिङबाट चयन गरिनेछ ।
अाजकाे कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र वास्ताेला हुनुहुन्थ्याे भने अन्य अतिथिहरूमा चलचित्र विकास वाेर्डका सदस्य उत्तम केसी, नृत्य निर्देशक समाजका अध्यक्ष दिनेश पाख्रिन, अखिल नेपाल जन सांस्कृतिक महासंघका अध्यक्ष टेक बहादुर बलम्पाखी, अादिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij