गैर अावासिय नेपाली संघ युकेकाे सचिवकाे पदमा सुनिल बाबु खड्काले उम्मेद्वारी दिएका छन् ।

१८ बर्ष देखि बेलायतमा बस्दै अाएका सुनिल बाबु खड्का हाल युकेमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै अाएका छन् ।
चितवन स्थायी घर भएका खड्का अब छिट्टै युकेमा इटालियन रेष्टुरेन्ट सञ्चालन गर्ने याेजनामा छन् । तर प्रयाप्त जनशक्ति पाउन भने गाह्राे परेकाे खड्काकाे अनुभव छ ।
युकेमा लगानी विस्तार नेपालकाे तुलनामा महँगाे रहेकाे खड्काले बताए । यद्यपि नेपालमा लगानी बारे कुरा गर्दा भने लगानी सुरक्षाकाे अवस्था नभएकाे उनी बताउँछन् ।
नेपालमा लगानी विस्तार बारे खड्का सँग सेताेघरले गरेकाे कुराकानीमा नेपालमा लगानीकाे निम्ति उपयुक्त वातावरण नभएकाे कारण अाफूहरूकाे नेपालमा लगानी विस्तार गर्ने चाहनामा हुँदाहुँदै पनि लगानी विस्तार गर्नबाट हच्कनुपरेकाे बताएका छन् ।
विषम परिस्थितिमा नेपालमा सहयाेग गर्दै अाएका छन् खड्का ः
नेपालमा विभिन्न परिस्थितिमा समय-समयमा सहयाेग गर्दै अाएका खड्क नेपालकाे माया विदेशमा रहँदा बढी पलाउने गरेकाे अनुभव समेत बाँडे । भर्खरै मात्र बाढी पीडितकाे लागि चितवन ए ट्रष्टकाे माध्यमबाट सहयाेग गरेका उनले भूकम्पकाे समयमा व्यक्तिगत पहलमा विभिन्न व्यक्ति तथा संस्थाहरूकाे सहयाेगमा करिब ९ लाख रकम नेपालमा पठाएका थिए । अन्य कार्यहरू समेत उनबाट हुँदै अाएका छन् ।
नेपालमा अध्ययनकाे समय देखि नै समाजसेवामा रूचि राख्ने खड्का गैर अावासिय नेपाली संघकाे माध्यमबाट नेपालकाे विकासकाे निम्ति अाफू निरन्तर रूपमा पहल गरिरहने सबैकाे शुभचिन्तक र हितैषी समेत भएकाे कारण गैर अावासीय नेपालीहरूकाे हक हितकाे अलावा समग्र नेपालकाे निम्ति साेच्ने जाे काेहीले अाफूलार्इ सचिव पदमा भाेट दिइ निर्वाचित गर्न अाग्रह गरेका छन् ।
यही ९ सेप्टेम्बरकाे दिनमा हुन लागेकाे निर्वाचनमा खड्काले Unity Is Power भन्ने नाराकाे साथ चिनजानका साथीहरूसँग भाेट माग्ने कार्य तीव्र पारेका छन् ।
अबकाे चुनावमा १ पदकाे अध्यक्षकाे लागि ३ जना, ६ पदकाे उपाध्यक्षकाे लागि ११ जना, ३ पदकाे सचिवकाे लागि ४ जना र ९ जना अावश्यक पर्ने कार्यसमिति सदस्य पदकाे निम्ति १५ जना व्यक्तिहरू मैदानमा उत्रिएका छन् ।
अहिले करिब २ लाख नेपालीहरू युकेमा रहेका भएपनि ३ हजार ६ सयकाे हाराहारीमा रहेका नेपालीहरू मात्र एनअारएन युकेकाे सदस्य छन् । केही पहिले मात्रै संस्थाले सदस्यता शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड पुर्याएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij