काठमाडौँ- नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुन लागेको हो ।
नेपालस्थित भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूतावासका कार्यबाहक राजदूत डा अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७०औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनका लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij