२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जहाँ बिरामी किनबेच गरिन्छ

जहाँ बिरामी किनबेच गरिन्छ

राजविराज – अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ । तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन् । यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ विरामीको किनबेच चलिरहेको हुन्छ ।

अस्पतालका वार्ड र हाताभित्र यस्तो कारोबार गराउने एजेन्ट छ्यापछ्याप्ती भेटिन्छन् । अस्पताल अगाडि भ्यान एम्बुलेन्स चालक वा स्वास्थ्यसम्बद्ध व्यक्तिहरु उपचार विचौलिया बनेर बिरामी किन्ने र निजी अस्पताललाई बेच्ने गरिरहेका हुन्छन् ।

अञ्चल अस्पतालअगाडि लहरै आधा दर्जनभन्दा बढी संख्यामा दिनरात खडा रहने भ्यान र एम्बुलेन्सका चालक तथा निजी अस्पतालले खटाएका एजेन्टले त्यहाँबाट बिरामी खोजेर लगिदिएबापत निजी अस्पतालबाट आकर्षक रकम पाउँछन् ।

अस्पताल आएका बिरामीलाई बाटोबाटै वा अस्पतालको बेडबाट समेत फर्काएर विराटनगरलगायत स्थानमा सञ्चालित निजी अस्पताल र क्लिनिकमा ओसारिन्छ । एक जना बिरामी लगिदिएबापत चालकले न्यूनतम पाँच सयदेखि डेढ हजार (१५ सय) सम्म रकम पाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij