काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् ।

विशुद्द बीमा क्षेत्रका करिब १६ बर्षकाे लामाे अनुभव समेटेका पाण्डेकाे नेपाल इन्स्याेरेन्समा प्रवेश सँगै यस कम्पनीले थप उचार्इ कायम गर्ने विश्वास लिर्इएकाे छ । हाल ३९ बर्षका विक्रान्त पाण्डे वीरगञ्ज स्थित गुरूघराना (पाण्डे) परिवारमा जन्मिएका हुन् । पारिवारिक रूपमा उनकाे परिवारकाे राजपरिवारसँग हजुरबुबाकाे पाला देखि नै सम्पर्क रहँदै अाएकाे बुझ्न सकिन्छ । विक्रान्त पाण्डेकाे परिवारलार्इ हजुरबुबाकाे पालामा राजपरिवारले गुरूघरानाकाे उपाधि दिएबाट पनि याे कुरा बुझ्न सकिन्छ ।
निर्जीजन बीमा क्षेत्रमा निकै नै गहिराे अनुभव समेटेका पाण्डे नेपालका विभिन्न वीमा कम्पनीहरूमा काम गरेर अहिलेकाे अवस्थामा पुगेका हुन् । शुरूमा मार्केटिङ क्षेत्रबाट नै प्रवेश गरेका पाण्डे सफलताकाे निम्ति सङ्घर्ष र जाेखिमबाट नै सफलता हासिल गर्न सकिने अनुभव समेटेका पात्र हुन् । पछिल्लाे समय एनएलजी इन्स्याेरेन्समा मार्केटिङ कन्सल्टेन्टकाे रूपमा काम गर्दै अाएका पाण्डे बीमा क्षेत्रका इमान्दार व्यक्तिकाे पहिचान समेत बनाएका छन् । एनबी इन्स्योरेन्समा केही समय कार्यवाहक प्रमुखकाे भूमीकामा रही जिम्मेवारी निर्वाह गरेका पाण्डेकाे बीमा क्षेत्रमा प्रवेश भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट भएकाे हाे ।
हाल मीनभवनमा बस्दै अाएका पाण्डे निर्जीवन बीमाकाे क्षेत्रमा एक खारिएका प्रतिभाशाली व्यक्ति हुन् । अाफ्नाे काममा नै रमाउने स्वभावका पाण्डे पछिल्लाे समय विस्तार हुँदै गएकाे कर्पाेरेट संस्कारमा वीमाकाे महत्व अपरिहार्य रहेकाे बताउँछन् । उनी भन्छन् ‘insurance is the back bone of this financial world.’
पाण्डेका अनुसार नेपालमा बीमा क्षेत्रकाे सम्भावना नभएकाे हाेइन । अागामी दिनमा निकै राम्राे सम्भावना छ । यद्यपि अहिले सम्म पनि नेपाली जनताहरूलार्इ वीमा क्षेत्रकाे बारेमा जति बुझाउन सक्नुपर्ने हाे, त्यस बमाेजिम यस क्षेत्रकाे महत्व बुझाउँदै बीमा क्षेत्रमा नेपाली विभिन्न तहका (सामान्य देखि उच्च व्यापारिक) व्यक्तिहरूलार्इ यस क्षेत्रमा संलग्न गराउने क्रममा भने राज्य पक्ष तथा निजी बीमा कम्पनी लगायत सबै पक्षकाे कमजाेरी भने रहेकाे नै छ ।
-INSURANCE IS not charity, donation or aid it is simply RISK transfer mechanism.
पाण्डेले नेपालमा स्वास्थ्य बीमालार्इ अबकाे पहिलाे प्राथमिकतामा राख्नुपर्ने अावश्यकता देखेका छन् । नेपालमा यसकाे राम्राे सम्भावना पनि छ । उपचारकाे अभावमा विरामीहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था रहेकाे अहिलेकाे अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले निम्न र मध्यम स्तरका नेपालीहरूकाे निम्ति निकै नै प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ ।
बीमा कम्पनीहरूकाे दाेस्राे प्राथमिकतामा कृषि बीमा रहनुपर्ने पाण्डेकाे ठम्यार्इ छ । पशु बीमा र बाली बीमा अहिले सम्म जुन रूपमा प्रभावकारी हुनुपर्ने हाे, त्याे हुन सककाे छैन । यस्ताे अवस्थामा यसलार्इ धेरैकाे पहुँचमा लैजानकाे निम्ति राज्य पक्षले नीतिगत रूपमा पनि केही सुधार गर्नुपर्ने अावश्यकता छ । यद्यपि अागामी दिनमा भने यस क्षेत्रकाे निकै राम्राे सम्भावना छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij