२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कुरिनटारकाे रिभर फन रिसाेर्टले पायाे अन्तराष्ट्रिय पुरष्कार

कुरिनटारकाे रिभर फन रिसाेर्टले पायाे अन्तराष्ट्रिय पुरष्कार

सिङ्गापुरमा अायाेजित एक कार्यक्रमबीच नेपालकाे तर्फबाट पर्यटन क्षेत्रमा काम गर्दै अाएकाे  रिभर फन विच रिर्सोटले एसियन लाइफ स्टाइल टुरिजम अर्वाड २०१७ प्राप्त गरेकाे छ । याे अवार्ड रिसाेर्टका सञ्चालकहरू राजन सिंखडा र संकर अधिकारीले ग्रहण गर्नुभएकाे थियाे । याे पुरष्कार सिंगापुरको एशिया लिडिङ रिसोर्ट ईंकले सातौं पटक आयोजना गरेको बताइएकाे छ । पुरष्कार भदाै ५ गते प्रदान गरिएकाे हाे ।

खासगरी एसिया क्षेत्रमा पर्यटन प्रवर्धनकाे निम्ति काम गर्ने उद्यमशिल व्यक्ति तथा उत्कृष्ट संस्थाहरूलार्इ विभिन्न विधामा याे पुरष्कार प्रदान गरिने काठमाडाैंमा अायाेजित पत्रकार सम्मेलनमा रिसाेर्टका सञ्चालक राजन सिंखडाले बताउनुभयाे ।

अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकाे याे रिसाेर्ट पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन क्षेत्रबाट ५ किलाेमिटर अगाडि सञ्चालित छ । जुन र्र्याफ्टिङ, स्वीमिङ र क्याम्पिङकाे लागि प्रख्यात छ । 

पत्रकार सम्मेलनमा नेपालका सञ्चार माध्यमले पर्यटनकाे प्रचारप्रसारकाे निम्ति गरेकाे सहयाेगकाे सराहना समेत गरे । तैपनि नेपालका ठूला सञ्चार माध्यमले भने प्रयाप्त स्थान दिन नसकेकाे बारे समेत कुरा उठाएका छन् ।

उक्त रिसाेर्टकाे प्रचारप्रसारकाे लागि नेपालमा वेभसार्इट, साेसियल मिडिया, अनलार्इन मिडिया, रिसाेर्टकाे अाफ्नै सञ्जालकाे अलावा कसैकाे रिफर लगायतका माध्यमबाट पर्यटकहरू उक्त क्षेत्रमा जाने गरेकाे बतार्इएकाे छ ।

यद्यपि नेपालकाे विकासकाे निम्ति कृषि, पर्यटन र जलविद्युतलार्इ नै लिने गरिएपनि नेपालमा पर्यटन क्षाेत्र भने जहिले पिन लङ्गडाे नै रहँदै अाएकाे समेत सिंखडाले बताउनुभएकाे छ । उहाँका अनुसार राज्यले पर्यटन प्रवद्धनकाे निम्ति लामाे समय देखि नै कुनै उपलब्धिमूलक कार्य गर्न सकेकाे छैन । पछिल्लाे समय चितवनकाे पर्यटन खस्कनुमा सडक नै मुख्य समस्या रहेकाे समेत सिंखडाले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij