काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन लागिएको हल्ला सत्य नभएको बताउनुभएको छ ।
उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयोग गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने प्रयास भएको भन्ने हल्ला फैलिएपछि घिसिङले विज्ञप्ती निकालेर हल्लामा कुनै सत्यता नभएको दावी गर्नुभएको हो ।
उर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधिन जलविद्युत तथा प्रसारण/वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनर्संरचना गरी उर्जामा आत्मनिर्भर बनाउने लगायतका काम उर्जा मन्त्रीको नेतृत्वमा भइरहेको छ ।
उर्जा मन्त्री, उर्जा सचिवलगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालिन र दीर्घकालिन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढीरहेको पनि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जनाउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij