नयाँ दिल्ली । विवाद भएको २ महिना भन्दा बढीको अवधिपछि दोक्लामबाट चीन र भारत दुवै देसका सेना हटाउन राजी भएका छन् ।
भारतको विदेश मन्त्रालयबाट सोमबार आएको बयानले यस्तो संकेत गरेको हो । चीन र भारतले दोक्लामको विषयलाई लिएर कुटनीतिक सञ्चरको आदान प्रदान गरिरहेको विदेश मन्त्रालयको बयानमा उल्लेख छ ।
दुई देशबीच भएको सञ्चारको आदान प्रदानमा दुवै देशले एक अर्काको चिन्ता तथा आपसि हितको विषयमा छलफल गर्दै आएका छन् । दुवै देशबीच जुनदेखि विवाद चल्दै आएको थियो ।
विवाद सुरु भएको ७२ दिनपछि दुवै देश उक्त क्षेत्रमा आ–आफ्नो सेना फिर्ता गर्न राजी भएको भारतको गृह मन्त्रालयले जनाएको दैनिक भाष्कारको अनलाईन संस्करणले जनाएको छ ।
चीनमा ३ देखि ५ सेप्टेम्बरको बीचमा ब्रिक्स सम्मेलन हुन लागेको समयमा यो विकासक्रम देखिएको हो । यो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिन सक्ने बताइएको छ । मोदी चीन गएको समयमा चिनियाँ राष्ट्रपतिसँग मोदीको पनि भेटघाट हुन सकने बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij