नेपालको व्यवसायिक कृषिमा योगदान पु¥याइरहेका १५ जनालाई कृषि उधमीलाई एग्रो टाइम्स कृषि अवार्ड २०७४ प्रदान गरिएको छ । बिगत चार बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मिडिया नेटवर्क द्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचौ वार्षिकोत्सव कार्यक्रममा यो अवार्ड पशुपंक्षी विकास मन्त्री सन्त कुमार थारुले वितरण गरेका हुन् ।

अवार्ड प्राप्त गर्नेहरुमा सर्वोत्कृष्ट ढालुराम माझी छन् भने उत्कृष्ट हुनेहरुमा अम्बर बहादुर तारामी मगर, शक्तिश्वरी कृषि फार्म, दिपेन्द्र कुमार जोशी, हरिराज भट्टराई, जंग बहादुर साह, ख्यानारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजी प्रसाद तिमिल्सिना, समीक्षा बास्कोटा, संग्राम राई र सत्कर्म कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

अवार्ड कार्यक्रममा बोल्दै मन्त्री थारुले यस कार्यक्रमले किसानमा प्रोत्साहन तथा हौसला बढाउने समेत बताए । प्रकाशनको पाँचौ बर्ष प्रवेश गरेको एग्रो टाम्इस मासिक पत्रिकालाई आगामी दिनमा पनि यसरी नै किसानलाई मनोबल बढाउने कामलाई निरन्तर रुपमा अघी बढाउनको निम्ति समेत उनले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै युवा तथा साना स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद गौतमले साना किसानहरुलाई सरकारले स्वरोजगार कोषले नेपालका ७३ जिल्लामा ऋण प्रवाह गरेको समेत जानकारी दिए । कार्यक्रमका सभापतिको रुपमा रहेका एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले आगामी दिनहरुमा समेत प्रतक्ष्य रुपमा किसानलाई हौसला दिने खालका कार्यक्रमहरु गर्ने र विभिन्न समस्याहरुको समाधान खोज्नको
लागि आफ्नो मिडिया लागिरहने कुरा राखेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij