२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रधानमन्त्रीले भारतमा संविधान संशोधनको विषयमा बोल्नुलाई गलत भन्न मिल्दैन : निधि

प्रधानमन्त्रीले भारतमा संविधान संशोधनको विषयमा बोल्नुलाई गलत भन्न मिल्दैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सबै दृष्टिकोणबाट सफल र उपलब्धिपूर्ण रहेको दाबी गरेका छन् ।

निधिले प्रधानमन्त्री देउवाको भ्रमणबाट दई देशबीचको सम्बन्धमा विश्वास बढेको र विकासका लागि पनि सम्बन्ध वृद्धि भएको दाबी गरे ।

उनले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयमा बोल्नुलाई नकारात्मकरुपमा लिन नहुने जिकिर गरे ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निधिले जनताले निर्माण गरेको संविधानलाई आन्तरिक र बाह्य दुबैतर्फबाट स्वागत् गरियोस् भन्ने चाहनालाई गलत भन्न नमिल्ने टिप्पणी गरे ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको आलोचना गर्दै नेता निधिले एमालेका नेताहरु विकास निर्माण, राजनीतिक दृष्टिकोणलगायत विषयमा प्रतिक्रियावादी देखिएको टिप्पणी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij