२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रिमियर लिग : चेल्सीको दोस्रो जित

प्रिमियर लिग : चेल्सीको दोस्रो जित

काठमाडौं । साविक विजेता चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा चेल्सीले एभरटनलाई २-० ले हरायो।

चेल्सीको जितमा सेस फाब्रेगास र अल्भारो मोराटाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

पहिलो खेलमै बर्नलेसँग पराजित भएको चेल्सीले त्यसपछि टोटनहमलानई पराजित गरेको थियो। दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको चेल्सी अंक तालिकामा पाँचौ स्थानमा छ।

यस्तै स्टोकसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको वेष्टब्रोम ७ अंकका साथ चौथो स्थानमा छ। जे रोड्रिगेजले गोल गर्दै वेष्टब्रोमलाई पहिले अग्रता दिलाएपनि पिटर क्रउचले स्टोकका लागि बराबरी गोल पर्काएका थिए।

लिगमा ३ खेलबाट ९ अंक जोडेको म्यानचेष्टर युनाइटेड शीर्ष स्थानमा छ। आजै लिभरपुल र आर्सनलबीच खेल हुँदैछ भने टोटनहमले बर्नलेसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij