नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य परिषदका राम बहादुर तामाङले पार्टी परित्याग गरेका छन् । देशकाे समृद्धि र मूलुककाे पार्टीकाे नीति र निर्देशनलार्इ अादर्श मानेर कठिन समयमा पनि निःस्वार्थ रूपमा साथ दिएकाे साथै अभियानलार्इ अघी बढाउँदै अहिलेकाे अवस्थामा ल्यार्इपुर्याएकाे तर नेतृत्वकाे केन्द्रीय कार्यसमितिबाट नै केही अान्तरिक त्रुटिहरू हुन गएकाे कारण पार्टी त्याग गर्नुपरेकाे विज्ञप्तिमा उल्लेख छ ।
२१ अाैं शताब्दीकाे वैज्ञानिक पार्टी बनाउने उद्देश्यले कार्यमा नेतृत्व तहबाट नै तुषारापात भएकाे तामाङले अाराेप लगाएका छन् । स्थानीय तहकाे चुनावमा निर्वाचन चिन्हकाे बारेमा देखिएकाे अन्याैलता लगायतका विभिन्न विषयवस्तुहरूलार्इ हेर्दा पनि पार्टीले अभियानमा संलग्न व्यक्तिहरूकाे याेगदानलार्इ पुँजीकृत गर्न नसकेकाे अाराेप समेत लगाइएकाे छ ।
देशकाे अावश्यकता र वस्तुगत परिस्थितिलार्इ अाधुनिक विचार र दृष्टिकाेण सहितकाे पार्टी बनाउने उद्देश्यले हाेमिएका हजाराैं व्यक्तिहरूकाे मनाेभावनाकाे नेतृत्व तहले अाकांक्षा पूरा गर्न नसक्ने कारण खुलाउँदै तामाङले नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयाेजकलार्इ सम्बाेधन गर्दै विज्ञप्ति जारी गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij