२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राष्ट्रिय पौडी प्रतियोगितामा गौरिकाको अर्को कीर्तिमान

राष्ट्रिय पौडी प्रतियोगितामा गौरिकाको अर्को कीर्तिमान

काठमाडौं । बिसौं राष्ट्रिय पौडी प्रतियोगितामा शुक्रबार पाँच वटा नयाँ कीर्तिमान बनेका छन् । शुक्रबार महिलातर्फ गौरिका सिंहले तीनवटा र पुरुषतर्फ सुभम श्रेष्ठले दुईवटा नयाँ कीर्तिमान बनाएका हुन् ।

गौरिकाले बिहीबार दुईवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले शुक्रबार एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा १ मिनेट शून्य दशमलब ७९ सेकेण्डको कीर्तिमान बनाएकी हुन् । उनले यसअघिको आफ्नै कीर्तिमान भंग गरेकी हुन् ।

त्यस्तै एक सय मिटर बटरफ्लाइमा १ मिनेट ७ दशमलब ६९ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाइन् । यो स्पर्धामा पनि यसअघि उनकै राष्ट्रिय कीर्तिमान थियो । ५० मिटर फ्रिस्टाइलमा यसअघि सोफिया शाहको नाममा रहेको कीर्तिमान भंग गर्दै गौरिकाले २८ दशमलब ०९ सेकेण्डको समय निकालिन् । ४ गुणा एक सय मिटर फ्रि स्टाइलमा पनि गौरिकाको टोलीले स्वर्ण जितेको छ ।

यो सहित गौरिकाले शुक्रबार ४ स्वर्ण जितेकी छिन् । गौरिकाले बिहीबार २ स्वर्ण जितेकी थिइन् । उनले प्रतिस्पर्धा गरेको दुबै स्पर्धामा राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । सुभम श्रेष्ठले एक सय मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनेट ११ दशमलब २४ सेकण्डको समय निकाल्दै कीर्तिमान बनाए ।

त्यस्तै ५० मिटर ब्रेष्टस्ट्रोकमा पनि सुभमले ३२ दशमलव ४० सेकेण्डको समय निकाल्दै यसअघि किरण कार्कीको नाममा रहेको रेकर्ड तोडेका हुन् । शुभले शुक्रबार २ सय मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij