
काठमाडौं । प्रकृति र संस्कृतिले राजधानीमा इन्द्रजात्रा आएको संकेत गरेको छ । इन्द्रजात्रामा एकसातासम्म नचाइने मजिपाः लाखे निकाल्ने प्रकृया शुक्रबार बिहानैबाट शुरु गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २० मजिपात, लाखेननिस्थित लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिएको छ ।
लाखे नाचका नाइके राजीव रञ्जितका अनुसार शुक्रबार निकालिएको लाखेको मुखौटा बिग्रेको बनाउन र रंगरोगन गर्न शनिबार काठमाडौंकै यट्खा टोलका चित्रकारकहाँ लगिनेछ । त्यहाँबाट १५ दिनपछि यही १६ गते दशमिका दिन लाखेघर फिर्ता ल्याइन्छ ।
त्यसको भोलिपल्ट हरिपरिवर्तनीय एकादशीका दिन लाखेको रातो केश सजाइन्छ र त्यसको भोलिपल्ट द्वादशी इन्द्रध्वजत्थानका दिनदेखि लाखेनाच नगर परिक्रमाका लागि निकालिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij