काठमाडौं मदिरा व्यवसायी संघले बाढीपीडितहरुको उद्धारको निम्ति राहत सङ्कलन अभियानलाई तीब्र पारेको छ । हाल सम्म आइपुग्दा २५ हजार भन्दा बढी रकम सङ्कलन भइसकेको साथै आगामी दिनमा पनि रकम सङ्कलन अभियानलाई निरन्तर अघी बढ्ने काठमाडौं मदिरा व्यवसायी संघका अध्यक्ष सोनाम शेर्पाले सेतोघर डट कमलाई जानकारी गराउनुभएको छ 
अध्यक्ष शेर्पाका अनुसार मदिरा व्यवसायीहरुकोे हकहितको निम्ति स्थापित मदिरा व्यवसायी संघले अहिले मदिरा व्यवसायीको हकहितको निम्ति मात्र नभइ विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ ।
विभिन्न समयमा विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आएको मदिरा व्यवसायी संघ काठमाडौं आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरुमा संलग्न रहँदै आउनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij