२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मैत्री संघकाे अायाेजनामा सम्पन्न भयाे फलफूल वितरण तथा शुभकामना आदान–प्रदान

मैत्री संघकाे अायाेजनामा सम्पन्न भयाे फलफूल वितरण तथा शुभकामना आदान–प्रदान

नेपाल–भारत मैत्री संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा संघको केन्द्रीय कार्यालयको सभाकक्षमा एक समारोहको आयोजना गरिएकाे छ । मित्र राष्ट्र भारतको ७१ औँ स्वतन्त्रता दिवसको शुभ–अवसरको पूर्व सन्ध्यामा श्रावण ३० गते  अायाेजना गरिएकाे उक्त समाराेहमा शुभकामना  आदान–प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमको पहिलो सत्रमा संघका केन्द्रीय अध्यक्ष राजकुमार सिन्धीज्यू, वरिष्ट उपाध्यक्ष तुलबहादुर साउद, उपाध्यक्षहरु श्री विष्णु प्रसाद सापकोटा (साइराम), शेखर गिरि, महासचिव  श्रीप्रसाद कोइराला, कोषाध्यक्ष डा. श्रीराम बास्कोटा, सचिव  किरणराज रेग्मी, सहसचिव सुमन सुवाल, सहकोषाध्यक्ष निरज ढकाल, सदस्य  सुरेन्द्र प्रसाद मैनाली तथा पूर्व सल्लाहकार  रुद्रनाथ बस्यालज्यूको उपस्थितिमा बाल सारथी एकेडेमी, देवपतन, काठमाण्डौंका ८० भन्दा धेरै अनाथ बालबालिकाहरुलाई फलफूल तथा विस्कुट वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष श्री राजकुमार सिन्धीज्यूको सभापतित्वमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष श्री शेखर गिरिज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा संघका पूर्व संयोजक श्री बेटी बज्राचार्यज्यूले कविता वाचन गर्नुभएको थियो । ने.भा.मै. संघ पाल्पा जिल्ला शाखाका अध्यक्ष श्री कृष्णप्रसाद श्रेष्ठज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका केन्द्रीय उपाध्यक्ष श्री विष्णु प्रसाद सापकोटा (साइराम)ज्यूले कार्यक्रममाथि प्रकाश पार्दै दुई देश बीच्को मित्रतालाई मजबुत बनाउन नेपाल–भारत मैत्री संघ सदैव अग्रसर रहने कुरा समेत व्यक्त गर्नुभयो । संघका वरिष्ट उपाध्यक्ष श्री तुलबहादुर साउदज्यूले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारत सरकार र भारतीय जनताहरुको उत्तरोत्तर प्रगति र सम्बृद्धिको कामना गर्नुहुँदै उपस्थित सम्पूर्ण महानुभावहरुलाई गरिमामय उपस्थितिको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमका सभापति तथा संघका अध्यक्ष श्री राजकुमार सिन्धीज्यूले भारतको स्वतन्त्रता दिवसको शुभ–अवसरमा नेपाल र भारतबीचको सह–सम्बन्ध आउँदा दिनमा अरु विकसित हुँदै नयाँ नयाँ क्षेत्रमा विस्तार हुँदै आपसी हित र उन्नतिका क्षेत्रमा कार्य गर्ने वातावरण सृजना हुने र त्यस कार्यको लागि सम्पूर्ण साथीहरुको सहयोग र सुझावको अपेक्षा राख्दै भारत सरकार र भारतीय जनताको समृद्धि र समुन्नतिको शुभकामना व्यक्त गर्नुहुँदै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्री ओम प्रकाश सरावगीज्यू, उपाध्यक्ष श्री अरुण कुमार सिंह, सदस्यहरु श्री माधव प्रसाद तिमल्सिना, श्री साधुशरण पूर्वे, श्री ध्रुव प्रसाद दाहाल लगायत पूर्व सल्लाहकार, जिल्ला शाखा÷उपशाखाका पदाधिकारी तथा सदस्यज्यूहरु र आजीवन सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव श्रीप्रसाद कोइरालाज्यूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij