काठमाडौं । अविरल वर्षापछि आएको वाढी पहिरोबाट हालसम्म ६६ जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयले जनाएको छ । बाढीका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।

सप्तरीको कोइलाडी– ६ का बालक कमल सदाको मृत्यु भयो । आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाढ्न) चाहेको थियो । तर, अविरल वर्षाका कारण जताजतै बाढी नै बाढी हुँदा त्यो सम्भव भएन र काका देवकुमार सदाले पानीमा बगाइदिए ।

उक्त दर्दनाक क्षणलाई यूरोपियन फोटो एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij