काठमाडौं । लगातारको बर्षातका कारण आएको बाढी-पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ । मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत हुन नसकेको नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण झापास्थित दमक-गोधक खण्डको १३२ केभीको लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ । हेटौंडा सवस्टेसन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर पल्टिन लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएको छ ।
साथै दुहवी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएको हुँदा २७ गते बिहानबाट बन्द गरिएको छ । चपुर-पथलैया १३२ के.भी. सर्किट नम्बर २ पनि २७ गते रातिदेखि सञ्चालनमा छैन ।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-चपुर १३२ केभी सर्किट नम्बर १ पनि २७ गतेदेखि बन्द भएको बताए । बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, पनि २७ गते रातिबाट सञ्चालनमा आउन सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij