नेपालमा वेरोजगारीका कारणहरु के हुन् ? नेपालमा उद्यमशिलताको अवस्था कस्तो छ ? कस्ता उद्योगहरुमा युवाहरुको संलग्नता कसरी भइरहेको छ ? लगायतका सन्दर्भमा नेपालका सम्बन्धित क्षेत्रका उद्योगी, विज्ञविशेषज्ञ तथा रोजगारदाता एजेन्सीसँग निरन्तर छलफल गर्दै समाधानको पहल गर्ने दिशामा हामी छौं । आगामी दिनमा युवाहरुका समस्या सम्बन्धमा श्रृङ्खलावद्ध रुपमा छलफल चलाउने उद्धेश्यको साथ उपस्थित विभिन्न क्षेत्रमा संलग्न महानुभावहरुलाई रोजगारी, उद्यमशिलता विकास र लगानी लगायतका विषयहरु उठान गरिएको यो फाराममा उपलब्ध गराएका सबै विवरणहरु भर्न युवा शशक्तिकरण अभियानले जागरूक युवाहरूलार्इ अाग्रह गरेकाे छ ।
अभियानले निकालेकाे प्रश्नावलीकाे शुरूमा नै यस्ता प्रश्नहरू राखिएकाे छ ।
के तपाईं काठमाडौंमा बसेर जागिरको खोजीमा हुनुहुन्छ ?
के तपाईं अहिले पनि घरबाट नै पैसा लिएर आफ्नो खर्च चलाउनुभएको छ ?
तपाईंको शिक्षा बमोजिम उपयुक्त जागिर पाउनुभएको छैन ?
के तपाईं रोजगारीको खोजीमा रहने क्रममा रोजगारदाता एजेन्सीहरुबाटै दिक्क हुनुहुन्छ ?
विदेशबाट पैसा कमाएर ल्याएको रकम लगानी गर्ने उपयुक्त प्लेटफर्म भेट्नुभएको छैन ?
के तपाईंको उद्योग-व्यवसायको लागि उपयुक्त परामर्श र आवश्यक स्तरीय जनशक्ति पाउनुभएको छैन ?
ती सबैको एउटै समाधानको माध्यम हुन सक्छ युवा शशक्तिकरण राष्ट्रिय अभियान । आउनुहोस्, हामीसँग जोडिनुहोस्, हामी युवालाई शशक्त र उद्यमशिल बनाउनको निम्ति युवाहरुका सरोकारका हरेक विषयमा काम गर्ने दृढ संकल्प लिएर अघी बढेका छौं । अहिले नेपालमा युवाहरुको मुद्दा विकराल बन्दै गएको छ । रोजगारीको निम्ति विदेशी भूमीलाई भरपर्दो माध्यम बनाउनुपरेको छ । नेपालका उब्जाउ भूमी अहिले नै बाँझो बनिरहेका छन् । यस्तोमा नेपालमा नै रोजगारी सृजना गर्ने र युवाहरुलाई स्तरीय तालिम दिई उद्यमशिल बनाउनको निम्ति कसरी काम गर्ने भन्ने सम्बन्धमा आउनुहोस्, तपाईं हामी सँगै अघी बढौं । हाम्रा समस्या समाधानको निम्ति हामीले पहल नगरे कसले गर्ने ? अहिले नै पहल नगरे कहिले गर्ने ?
युवाहरूलार्इ भर्नकाे निम्ति उपलब्ध गरार्इएकाे प्रश्नावली भने यस्ताे छ ः
नाम ः
ठेगाना ः
क) स्थायी ः
ख) अस्थायी
फोन नम्बर ः
इमेल ः
फेसबुक आइडी ः
रगत समूह ः
शिक्षा ः
हालको आवद्धता ः
व्यक्तिगत रुचिको क्षेत्र (शोख) ः
लिएका-सिकेका तालिम र कार्यदक्षता ः
रुचि भएका कामहरु (क्रमश) ः क) ख) ग)
रोजगारीको लागि तपाईं कुन–कुन काममा क्षमता के छ ?
क) सामान्य जागिरबाट जिविकोपार्जन ख) केही रोजगारी दिन सक्छु ग) ठूलै उद्योग गर्ने सोचमा छु घ) मैले त सोचेकै छैन
तपाईंले चाहनुभएको न्यूनतम तलब रकम कति हो ?
क) न्यूनतम १० हजार भए पुग्छ ख) २० हजार त चाहिन्छ नै ग) कार्यदक्षताले आफैं निर्धारण गर्छ घ) आफैं गर्दा पनि कम्तीमा ३० हजार त कमाइन्छ ।
तपाईंलाई युवाहरुको वेरोजगारी समस्याको कारण के हो जस्तो लाग्छ ?
क) शिक्षा ख) चेतनाको अभाव ग) उपयुक्त तालिम र जानकारी नहुनु घ) अन्य
युवा स्वरोजगार राष्ट्रिय अभियान कस्तो लाग्दैछ ?
क) युवाहरुको राम्रो प्रयाश ख) समय बर्बादी मात्रै ग) नेतृत्व विकासको उपयुक्त प्लेटफर्म घ) उद्धेश्यविहीन यात्रा पो हो कि ?
कार्यक्रममा किन उपस्थित हुन चाहनुहुन्छ ?
क) टाइम पास ख) आफैंलाई बदल्ने बारे सिक्न ग) आफ्नै प्रवद्धनको राम्रो माध्यम घ) सिकेको अनुभव बाँड्न पनि त पाइन्छ
शनिवारीय कार्यक्रममा उपस्थित नहुँदा दिनहरु कसरी बित्थे ?
क) दिनभर सुतेर बित्थ्यो ख) डेटिङ र भ्रमण ग) अध्ययन घ) समाचार हेरेर देशलाई सराप्थेँ ङ) अन्य
तपाईंलाई रोजगारी किन पाइएन जस्तो लाग्छ ?
क) आफूमा सीप र दक्षता नभएर ख) जनसङ्ख्याको अधिक चाप ग) प्रतिष्पर्धामा भागै लिईंदैन घ) राजनीति र व्यक्तिगत सम्पर्क भए किन नपाइनु ?
रोजगारी पाएर पनि गर्नुभएको छैन भने किन ?
क) मासिक न्यूनतम तलब पनि नभएर ख) राम्रो जिम्मेवारी नपाएर ग) अरुको शासनमा बस्नुपर्छ भनेर घ)आफ्नो क्रियटिभिटी उपयोग हुन सक्ने नदेखेर
काम प्रतिको रुचि कस्तो छ ?
क) जे पाए पनि जिम्मेवारपूर्वक गर्छु ख) परिचितको आगाडि त लाज लाग्छ ग) काम, अनुभव र शिक्षाको तालमेल मिल्नुपर्छ घ) अरुलाई सचेत बनाउन पनि आफूले त गर्नैपर्यो
उद्यमी बन्ने सोचमा किन हुनुहुन्न ?
क) पैसा भए तत्कालै उद्योग खोल्छु ख) सीप र तालिमको खाँचो छ ग) समय र परिस्थिति मिल्नुपर्छ घ) नदुखेको टाउको किन दुखाउनु
देशको युवा समस्याको मूल कारण कहाँ हुनुपर्छ ?
क) आफैंमा ख) राज्य सत्ता ग) नीति र कार्यान्वयन घ) थाहा भएन
सामाजिक कार्यमा संलग्नता कसरी हने गरेको छ ?
क) डिस्को र रोधीघर ख) मेरो घर जुवा र तासको अखडा हो ग) सामाजिक दायित्व वहन गर्न भरसक प्रयासरत छु घ) समाजमा किन जोडिनु र ?
समाजसेवा किन गर्नुहुन्छ ?
क) व्यक्तिगत प्रचारको राम्रो माध्यम ख) सरकारले नै दायित्व बढाइदिएको छ ग) परिचितको अगाडि आफू किन कमजोर हुनु घ) भित्रै देखिको रुचि
कार्यक्रम कस्ता व्यक्तिलाई लक्षित गरेर अघी बढाउनुपर्ला ?
क) तत्काल रोजगार चाहने ख) तालिम लिइ उद्यमी बन्न चाहने ग) सानो लगानीका व्यवसाय प्रवद्धन चाहने घ) लगानीको स्रोत र व्यवस्थापन बारे समन्वय गराउने विज्ञहरु समेतको संलग्नतामा ङ) अन्य
तपाईंको सल्लाह सुझाव र प्रतिक्रिया के छ ?
…………………………………………………………………………………
विस्तृत जानकारीको लागि
मिति( २०७४ साउन २८
समय विहान ११ बजे
स्थान चप्पल कारखानाबाट चण्डोल जाँदा तेस्रो घर
फर्निचर हबको भुर्इतल्ला
फोन ः कमल ९८५११९०८७५
गोविन्द बोहोरा ः ९८६०२६३६४६
सुसान्त सर्मा ः ९८०८९४२२२९
सुनिल महर्जन ः ९८४९९५३००५
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij