नयाँ दिल्ली । डोकलाममा देखिएको विवादका कारण चीनसँग लडाइ हुने आशंकाबीच भारतको रक्षा मन्त्रालयले केन्द्रसँग लडाइको लागि २० हजार करोड भारतीय रुपैयाँको माग गरेको छ । डोकलामको विवाद भएको २ महिना भएपछिको अवस्थामा यो माग गरिएको हो । चीनले लगातार भारतसँग लडाइको धम्की दिइरहेको छ ।
२०१७ मा भारतको केन्द्र रसकारले २ लाख ७४ हजार १ सय १३ करोड भारुको रक्षा बजेट पेश गरेको थियो । यो जीडीपीको १.६२ प्रतिशत हो । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत मात्रै बढी हो ।
रक्षा मन्त्रालयलको सुत्रका अनुसार बजेटको आधा हिस्सा मिलिसकेको र यसको एक तिहाई खर्च पनि भइसकेको छ । रक्षा मन्त्रालयले केही साता अगाडि सेनाको उप प्रमुखले युद्धसँग सम्बन्धित हतियार खरिदका लागि तयार हुन आग्रह गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij