२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको धम्की

अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको धम्की

प्योङयाङ । उत्तर कोरियाले अमेरिकाको गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछिको समयमा उत्तर कोरियाको यस्तो धम्की आएको हो । ट्रम्पले उत्तर कोरियाले अमेरिकालाई लगातार धम्की दिइरहेमा दुनियाले कहिले पनि नदेखेको ध्वंसको सामना गर्नु पर्ने बताएका थिए ।

उत्तर कोरियाको पिपुल्स आर्मी (केपीए) का प्रवक्ताले उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीलाई दिएको बयानमा भनिएको छ,“किम जोङ उनले एक पटक निर्णय लिएपछि कुनै पनि समयमा अमेरिकामाथि आक्रमण हुन सक्छ ।”

उत्तर कोरियाले गुआमको आसपासको क्षेत्रमा मध्यमदेखि लामो दुरीको रणनीतिक ब्यालेस्टिक रकेट ह्वासोङ–१२ को माध्यमबाट अमेरिकाको प्रमुख सैन्य ठेगानमा आक्रमणको योजनाको परिक्षण गरिरहेको बताए ।
ट्रम्पले न्यूजर्सीको आफ्नो गल्फ क्लबमा आयोजना भएको बैठकमा भनेका थिए,“अमेरिकालाई धम्की नदिनुनै उत्तर कोरियाको लागि राम्रो हुनेछ । अन्यथा उसले विश्वले कहिलेपनि नदेखेको ध्वंसको सामना गर्नु पर्नेछ । अमेरिकाले विद्यमान सैन्य नीतिलाई निरन्तरता दिएमा अमेरिका बिरुद्ध कारबाही हुन सक्ने चेतवानी पनि उत्तर कोरियाले दिएको छ । प्योङयाङले गरेको दोस्रो अन्तर महादेसिय ब्यालेस्टिक क्षेप्यास्त्रको लन्चको प्रतिक्रिया स्वरुप प्रतिबन्ध लगाइएमा यसको उचित जवाफ दिने पनि उत्तर कोरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij