२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युएइफा सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा मड्रिडले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

च्याम्पियन्स लिगको विजेता रियललापई जित दिलाउनका लागि क्यासेमिरो र इस्कोले गोल गरेका थिए । यता म्यान्चेस्टर युनाइटेडका लागि भने रोमेलु लुकाकुले एक मात्र गोल गरेका थिए ।

खेलको २४औं मिनेटमा क्यासेमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, एकपछि अर्को आक्रमक खेलेको रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ५२ औं मिनेटमा इस्कोले गोल गरेपछि रियल २–० गोलअन्तरले अग्रता बनाउन सफल भयो ।

खेलको ६२ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्किने संकेत देखाएका थिए । तर, युनाइटेडले बाँकी समयमा कुनै गोल गर्न नसकेपछि सुपर कपको उपाधि रियललाई सुम्पिन पुग्यो । विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने अन्तिम समयमा मात्रै मैदानमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij