बेइजिङ । चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सीइएनसी)ले जनाएको छ ।
स्थानीय समयअनुसार मंगलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सीइएनसीले जनाएको छ ।
भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे अहिलेसम्म केही जनाइएको छैन । सिन्ह्वा
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij